खोज–अनुसन्धान

कृष्णनगरमा भारतीय सवारीसंग अवैध असुली : प्रहरीलाई हिस्सा दिन भन्दै १६ लाख हिनामिना



कपिलवस्तु, २० भदौ ।कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भारतीय सवारी साधन माथि पुन अवैध असुली धन्धा चलेको छ ।राजनितिकर्मीहरुको आडमा केहि व्यक्तिहरुले अवैध धन्दा चलाईरहेका छ । जसबाट स्थानीय सरकार समेत वेखबर छ । स्थानीय लालमुकुन्द श्रीवास्तव तथा केहि युवाहरु मिलेर नेपाल मजदुर राहत भलाई कोष प्रा.लि. दर्ता गरि विगत ३ महिना देखि भारतीय सवारी साधनहरु संग जर्बजस्ती रकम उठाइरहेको पीडित भारतीय सवारीचालकहरु बताउछन् ।भारतबाट नेपालमा मालवाहक, खाद्यान्न, सीमेन्टका लागि आवश्यक कच्चा पर्दाथ, फलफुल लगायतका वस्तु ल्याउने भारतीय सवारी साधनबाट उक्त रकम असुल्ने गरेका छन् । एउटा साधनबाट १ दिनमा फर्कने भए २५० रुपैया र २ देखि ५ दिन भित्र फर्केमा ४५० रुपैया लिने गरेका छन् । उक्त कम्पनीको विधानमा नेपाली सवारी साधन र त्यसमा कार्यरत चालक, सहचालक तथा मजदुरको हकहित प्रर्बद्धनका लागि कोष स्थानपना गरि संचालन गरिने छ भन्ने उल्लेख छ ।

तर भारतीय सवारी साधनलाई उक्त भलाई कोषमा सहभागी गराउने वा के गर्ने भन्ने उल्लेख छैन । तर उनीहरुले हाकाहाकी प्रहरी प्रशासनकै अगाडी भारतीय नम्बरप्लेटका मालवाहक सवारी संग रकम असुल्दै आएका छन् ।कृष्णनगरमा विगत एक वर्षमा सो कोषका नाममा १६ लाख रुपैया जम्मा भएको र कपिलवस्तु प्रहरीका तत्कालिन एसपी दान वहादु कार्की सरुवा हुने बखत करिव ३ महिना अघि सो रकम प्रहरी प्रशासनलाई हिस्सा दिन भन्दै निकालेकोले त्यसका संचालकहरु बीच नै विवाद श्रृजना भएको वताइन्छ । सो रकमको हिस्सा उपरिक्षक काकीसंग आयो की उनका नाममा विचौलियाले खाए यसको पुष्टि हुन सकेको छैन ।
नेपाल भारत पारवाहन सन्धी अनुसार भारतीय साधनहरुलाई नेपाल सरकारले तोकेको सरकारी कर तथा जरिवाना दस्तुर बाहेक अन्य शुल्क तथा जरिवाना नलाग्ने प्रष्ट उल्लेख छ । तर स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयको समेत सहमति प्राप्त भएको भन्दै कम्पनीका संचालकहरुले जर्बजस्ती गाडी रोकेर रकम लिने र नदिएमा जान नदिने समेत गरेको स्थानीय चालक बन्टी सिंह बताउछन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भने यसबारे अनभिज्ञता प्रकट गरेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले यस अघि पनि जनगुनासो आएपछि उक्त काम रोक्न निर्देशन दिएर रोकेको र हाल कुन आधारले संचालन भयो यसबारे जानकारी लिने र त्यस्तो पाइए कारवाही गर्ने बताउनुभयो । प्रशासनले कुनै पनि स्विकृति नदिएको प्रजिअ मिश्राले जानकारी दिनुभयो ।
स्थानीयबासीहरुका अनुसार उक्त भलाईकोष कम्पनिमा कांग्रेस सांसद अभिषेक प्रताप शाहका व्यक्तिहरु संगल्न भएको र त्यहि कारणले प्रहरी प्रशासनले अवैध असुली कार्य रोक्न नसकेको हो । “यसमा माननीय ज्यूको पनि नाम जोडिएको छ त्यसैले कसैले हिम्मत गरेका छैन” स्थानीय रउफ मुसलमानले भने । उनका अनुसार उक्त समूहले भलाईकोषको नाममा दैनिक १ लाख भन्दा बढि अवैध रकम संकलन गरिरहेका छन् ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६