खोज–अनुसन्धान

एमालेबाट रायमाझी एकल हुदा कांग्रेसबाट ५को सिफारिस



अर्घाखाँची २२ भदौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँचीमा नेकपा एमाले र कांग्रेसले उम्मेदवारहरु सिफारिस गरेका छन्। एमाले जिल्ला कमिटी अर्घाखाँचीको बैठकले केन्द्रीय सचिव टोपबहादुर रायमाझिलाई प्रतिनिधि सभाको लागि एकल उम्मेदवार सिफरिस गरेको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसालसहित ५ जनालाई सिफरिस गरेको छ ।उपसभामुख भुसालसहित नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठ, पुर्व सांसद डाक्टर रामबहादुर विसी, पुर्व मन्त्री रेवतीप्रसाद भुसाल र कांग्रेसका युवा नेता लेखनाथ पोख्रेलको नाम सिफारिस गरेको छ।

माओवादी नेता रायमाझीले तत्कालिन नेकपा विभाजित हुँदा एमाले रोजेका थिए। नेकपा एमालेको १० औं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित भएका थिए। अर्घाखाँचीमा प्रभावशाली मानिएका नेता रायमाझीको विरुद्धमा अन्य नेताले इच्छा व्यक्त नगरेको बताइएको छ।उपसभामुख भुसाल एक संघीय निर्वाचन भएपश्चात पहिलो पटक चाहना राखेकी छन्। नेकपा एमालेले प्रदेश सभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजी प्रसाद घिमिरेको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसले प्रदेश सभा (क) मा निर्मला क्षेत्री, ताराप्रसाद श्रेष्ठ, तारा प्रसाद फुल्लेल, टिकाराम बन्जाडे र ध्रुब आचार्यको नाम सिफारिस गरेको छ।

प्रदेश सभा (ख) मा पुर्व पार्टी सभापतितथा सन्धिखर्क नगरपालिकाका पुर्व नगर प्रमुख कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका पुर्व नगर प्रमुख सुर्य प्रसाद अधिकारी, कांग्रेस प्रदेश सदस्य डाक्टर जयबहादुर टण्डन, कांग्रेस नेताहरु यादवप्रसाद घिमिरे, राजेन्द्र केसी र केशव अधिकारीको नाम कांग्रेसले सिफारिस गरेको छ। तस्बीर ः नेपाल प्रेसवाट

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६