रुपन्देही २५ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०७९’ तयार गरेको छ । यससँगै भैरहवा, बुटवल तथा आसपासका क्षेत्रमा रात्रिकालीन व्यवसायको बाटो खुलेको छ ।व्यवसायीहरूको लामो समयको मागपछि रुपन्देहीमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएको हो । द्वन्द्वकाल सुरक्षाको कारण देखाउँदै बन्द गरिएका रात्रिकालीन व्यवसाय लामो समयपछि सञ्चालनमा आउने भएपछि यस क्षेत्रका व्यवसायीहरू उत्साहित देखिएका छन् ।
यो निर्णयसँगै बजारमा चहलपहल बढ्ने आशा बढेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायीहरूले अब रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निवेदन दिन सक्ने जानकारी दिए । उनले मापदण्डले निर्दिष्ट गरेको सूचकको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालनको अनुमति दिन सकिने बताए । यसका लागि प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, पब, बार क्लबलगायतमा १८ वर्षभन्दा मुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ ।
२५ भाद्र २०७९, शनिबार
प्रतिक्रिया