पशुपति गिरी
कपिलवस्तु, २५ भाद्र ।“पर्यटनको बलियो आधार , सफा गरौं हाम्रो सिमसार” भन्ने मूल नाराका साथ लियो क्लब अफ कपिलवस्तुले जगदीशपुर तालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पहिचान स्वरूप रहेको छापमा अंकित जगदीशपुर ताल सरसफाई कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष सागर बन्जाडेले बताएका छन् । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ०९मा अवस्थित मानव निर्मित ताल जिल्लाकै नमुना तालले प्रचलित छ, भने विश्वका विभिन्न ठाऊ बाट आफ्नो बास स्थान बनाउने विभिन्न खालका चराहरू आऊने ताल जिल्ला स्थरको सिमसारको रूपमा परिचित छ । जगदीशपुर ताल संरक्षण समितिका अध्यक्ष ललित गुरुंगको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुंगले “ लियो क्लबले गरेको कार्यक्रमा हामी खुशी छौ, संस्थाले हामीलाई हाम्रो दायित्व के हो बुझाएको छ , सामाजिक कार्यमा लियो क्लबले गरेको कार्यक्रम सम्मान जनक रहेको जनाएका छन। गुरुंगले राम्रो कामको प्रशंसा गर्दै लियो क्लबले अबका दिनमा पनी जगदीशपुर तालको लागी सहायोंग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्दता गरेका छन।

त्यसैगरी संस्थाका अध्यक्ष बन्जाडेले हाम्रो पहिचान भनेको नै यही जगदीशपुर ताल हो , यसको संरक्षणमा लियोको पनि दायित्व रहेको र जगदीशपुर ताल हाम्रो सम्पत्ति हो,यसलाई हामीले हाम्रो आऊदो पुस्तालाइ राम्रो तवरले हस्तान्तरण गर्ने हाम्रो काम पनी हो भन्दै यो कार्य बाट एउटा नाँय अभियानको शुरुवात भएको बताए । बन्जाडे जुम्ला बाट वन विज्ञानको शैक्षिक भ्रमणमा आऊनु भएका विद्यार्थीले पनी सहयोग गर्नु भएकोमा धन्यवाद दिएका छन। पशुपती गिरीको संयोजकतत्वमा भएको कार्यक्रमा सचिव दिपक आचार्यको संचालन र स(सचिव मनिष घिमिरेको सहायोगमा सम्पन्न भएको हो ।भने उक्त कार्यक्रममा संस्थाका कपिलवदेव भट्टराई, प्रवीण गौतम, मधु सुधन गन्धर्व, हरी गैरे, विनोद पौडेल, नवीन पौडेल, संदेश चुदली, विनोद बाबु, आशीष भट्टराईको उपस्थीति रहेको थियो ।










प्रतिक्रिया