खोज–अनुसन्धान

गठबन्धन १० बर्ष कायम राख्ने उद्घोष : नेकपा एसले ४० सीट जित्ने दावि




काठमाडौ २६ भदौ । नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा। विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा। पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको बताए । समाजवादीको सहयोग विना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ मेकरको रुपमा स्थापित हुने आधारहरू रहेको उपमहासचिव पौडेलको भनाइ छ ।शनिबार बेलुका अबेरसम्म भएको प्रशिक्षण कार्यक्रममा उपमहासचिव पौडेलले गठवन्धनको सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्ने गरी बाध्य बनाउने नीति पार्टीले लिएको उल्लेख गरे ।एमाले पार्टी अध्यक्ष केपी ओलीले केशरजंग रायमाझीको धारमा पार्टीको गतिविधि संचालन गरी नेपालका कम्युनिष्टलाई धरासायी बनाउने अभियानमा सक्रिय भएकोले एमालेबाट विद्रोह गरिएको पौडेलले बताए ।
कार्यक्रममा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डेले अहिलेको गठबन्धन अझै १० बर्षसम्म कायम रहने बताए । गठबन्धन नभएको भए अहिले देशमा ओलीको निरंकुश शासन संचालन हुने, संविधान च्यातिने अवस्था रहेको उनले उल्लेख गरे । पाण्डेले प्रत्यक्षतर्फ समाजवादीले २५ सिट पाउने, समानुपातिक १५ सिट सम्म ल्याउने गरी तयारी भईरहेको र आगामी निर्वाचनपछि समाजवादीको प्रतिनिधिसभामा कम्तीमा ४० सिट कायम रहने दावी गरे । केन्द्रमा गठबन्धन विच २०७४ सालमा प्रत्यक्षतर्फ जनु पाटीले जितेको छ त्यही अनुसार सिटबाडको मोडालिटी भएकोले पाल्पा क्षेत्र नंं २ मा समाजवादीको टिकट पक्का जस्तै भएको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६