कपिलवस्तु २७ भदौ ।कपिलवस्तुको बाणगंगा नगरपालिका पहाडवाट बसाई सर्नेको उच्च रोजाइमा परेको तथ्यले पुष्टि भएको छ । नगरमा छोटो समयमा उच्च जनसंख्या बृद्धि भएपछि कारण खोज्दा यस्तो पुष्टि भएको हो । कपिलवस्तु जिल्लाकै एक आर्थिक सामाजिक र शैक्षिक हिसावले सुगम नगरपालिका मानिने बाणगंगा पछिल्लो समय पहाडी भेगका मानिसको रोजाईमा परेसंगै यहाँ जनसंख्या बढ्दै गएको हो ।आर्थिक बर्ष २०७८/ ७९ मा मात्रै बाणगंगामा एक हजार एक सय २३ घरपरिवार बसाईसराई आएका छन् । उक्त घरपरिवारका सदस्य संख्या ४ हजार ४ सय ४६ छन् । ११ वटा वडा रहेको बाणगंगामा सबैभन्दा बढी वडा नम्बर ८ मा बसाईसराई आएका छन् । एक बर्षको अवधिमा मात्रै यस वडामा दुई सय २८ घरपरिवार बसाईसराई गरि आएको तथ्याङ्क छ । उक्त घरपरिवारको सदस्य संख्या ९ सय २७ छन् ।
वडागत रुपमा हेर्ने हो भने वडा नम्बर १ मा १४१ घरपरिवार र ५९९ जना सदस्य, वडा नम्बर २ मा १६६ घरपरिवार र ६०६ जना सदस्य, वडा नम्बर ३ मा ५२ घरपरिवार र १९५ जना सदस्य, वडा नम्बर ४ मा १२४ घरपरिवार र ४९८ जना सदस्य, वडा नम्बर ५ मा ४३ घर परिवार र १४७ जना सदस्य आएका छन् । यस्तै वडा नम्बर ६ मा ३३ घर परिवार र १४१ जना सदस्य, वडा नम्बर ७ मा १२४ घर परिवार र ४९३ जना सदस्य, वडा नम्बर ८ मा २२८ घर परिवार र ९२७ जना सदस्य, वडा नम्बर ९ मा ५२ घर परिवार र २०० जना सदस्य वासाई सराईवाट आएका छन् । वडा नम्बर १० मा ५२ घर परिवार र १६९ जना सदस्य र वडा नम्बर ११ मा १०८ घर परिवार र ४७१ जना सदस्यहरु बसाईसराईवाट आएको तथ्याङ्क छ ।
२७ भाद्र २०७९, सोमबार
प्रतिक्रिया