अर्थ-वाणिज्य

६० दिनमा १० हजार बढी बक्यौता हुनेको लाइन काट्ने अभियान शुरु




तौलिहवा २७ भदौ । ६० दिनमा १० हजार बढी बक्यौता भएका सबैको लाइन काट्ने अभियान शुरु भएको छ । कपिलवस्तुमा ६० दिनवढीको विद्युत महशुल बाँकी रहेका ग्राहकको लाईन काट्ने अभियान तीव्र पारिएको विधुत प्राधिकरण तौलिहवाका प्रमुख राजेस झाँले जानकारी भएको छ । उहाँका अनुसार १० हजार भन्दा माथि बाँकी बक्यौता रहेकाको पनि लाईन काटिएको बताईएको छ ।

बाँकी बक्यौता अशुल गर्नका लागि जिल्ला भरिनै लाईन काट्न बाध्य भएको प्रधिकरण तौलिहवाले जनाएकोछ ।यस्तै तिन जना विद्युत चोर पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले उनिहरुलाई पक्राउ गरेको हो । विद्युत चुहावट चेकिङ्गका बेला उनिहरुलाई चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको वितरण प्रमुख झा ले बताउनु भयो । उनहिरुलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा बुझाईएको प्रमुख झा ले जानकारी दिनुभयो ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६