काठमाडौं २८ भदौ । सधै अव टुंगिने चरणमा पुग्यो भन्दै आएका सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार टुंगिएन गाह्रो देखियो एउटैसीटमा २÷३ दलको दावि देखा परयो भनेर वास्तविक जटिलता मिडिया सामु राखेका छन् । सोही क्रममा सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक सोमवार पनि निष्कर्षमा नपुगी सकिएको छ ।
बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।एउटै सीटमा दोहोरो(तेहेरो दाबी परेको उनले बताए ।‘एउटै सीटमा २र३ पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेका छन्’, कार्कीले भने ।दलहरूले आ(आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।कार्कीले भने, ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं ।’
प्रतिक्रिया