बुटवल २८ भदौ ।पाँच बर्षका लागि निर्वाचित हुने प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्विनीको वास्तविक मुहार फेरिन २० बर्ष लाग्ने वताएर आफूले डेढ २ वर्षमा केहि निकै महत्वपूर्ण काम गरेपनि जनताले सोचेजति काम गर्न नसकेको स्वीकार्नु भएको छ । लुम्विनी प्रदेश सरकार र महालेखा परिक्षक कार्यलय बीच भएको अन्तरकृयामा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारका ४ वटा गौरवको आयोजनालाई साकार पार्नका लागि निरन्तर अगाडि बढेको बताउँदै करिव २० वर्षपछि लुम्बिनी प्रदेश सबै हिसावले सुन्दर र हराभरा आहाँ प्रदेश बन्न सक्ने दावी गर्नुभयो ।जनताले आजको भोली आमूल परिवर्तन खोजेको भन्दै जादुका भरमा विकासमा फड्को हान्न नसकिने वताउनु भएको हो । प्रदेश सरकारका कामको केहि नतिजा देखिन कम्तीमा ५ वर्ष लाग्ने उहाको तर्क थियो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको कार्यालयको लागि संघ, प्रदेश र स्थानीयतहको बीचमा उचित तालमेल गरेर मात्रै संघीयता बलियो हुने बताउनु भयो । उहाँले संविधानले दिएको अधिकार अनुसार सरकार सञ्चालन नगरेमा संघीयता खतरामा रहेको बताउनुभयो ।। उहाँले संविधानले प्रदान गरेको अधिकार सूचीलाई पालना गरी अगाडि नबढेमा देशमा सत्ता सञ्चालनमा समस्या हुने भन्दो नेपालको संविधानले सहकार्य, अहअस्तित्व र समझदारीमा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
२८ भाद्र २०७९, मंगलबार
प्रतिक्रिया