अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सरकारको अचाक्ली बेरुजु :पछिल्लो एकवर्षमा ७७ करोड थप




बुटवल ३०भदौ ।काममा निर्धारित नीति र प्रक्रिया उपयोग नगर्दा लुम्बिनी प्रदेश सरकारको बेरुजु बढ्दै गएको छ । महालेखाले औंल्याएको बेरुजु फस्र्यौटमा तदारुकता नदेखाउँदा उल्लेख्य रूपमा बेरुजु घटाउनसमेत सकिएको छैन ।लुम्बिनी प्रदेश सरकारको २ अर्ब ४४ करोड ४४ लाख ४५ हजार रुपैयाँ बेरुजु छ । त्यसमध्ये ११ करोड ७६ लाख ९१ हजार ५ सय ३९ असुल उपर गर्नुपर्ने नै छ । यस्तै नियमित गर्नुपर्ने र प्रमाण पेस गर्नु पर्ने बेरुजु १ अर्ब करोड १३ करोड, ९५ लाख, ५७ हजार रुपैयाँ रहेको छ । ७८ करोड ७१ लाख ९७ हजार २६.५२ पेश्की फस्र्यौट गर्न बाँकी छ ।
सरकारले बेरुजु फस्र्यौटमा चासो नदेखाएपछि सार्वजनिक लेखा समितिले मंगलबार बुटवलमा लुम्बिनी प्रदेश सरकार र महालेखा परीक्षकको कार्यालयबीचको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०७४–०७५ देखि आर्थिक वर्ष २०७७– २०७८ सम्मको बेरुजु रकम प्रस्तुत गरेको हो । जबकि गत असारमा पेश्कीबाहेक प्रदेश सरकारको बेरुजु रकम १ अर्ब ७० करोड ६७ लाख ४० हजार रुपैयाँ थियो । त्यसमध्ये जम्मा ४५ करोड बेरुजु मात्रै नियमित भएको छ ।
नियमत सरकारको बेरुजु फस्र्यौटमा ताकेता गर्न प्रदेशसभामा प्रस्तुत गर्ने र छलफल गर्ने गरिन्छ । तर, सरकार बनाउने र गिराउने धन्दामा लाग्दा लुम्बिनी प्रदेश सरकारले विगत २ वर्षका महालेखा प्रतिवेदनलाई प्रदेशसभामा प्रस्तुतसमेत गरेको छैन ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले भने नयाँ संरचना र कम कर्मचारीको भरमा काम गर्दा बेरुजु आएको बताए । प्रमुख सचिव दीपक काफ्लेले प्रदेशको एकीकृत वित्तीय प्रणाली नबन्नु र अनुगमन एवं प्रगति मूल्यांकन कमजोर हुँदा बेरुजु हुने र फम्र्याटमा समस्या भएको बताए ।

प्रकाशित : ३० भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६