अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकार विरुद्ध एकै वर्षमा १२८ मुद्धा दर्ता




बुटवल३१ भदौ । मुख्य न्याधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ वटा मुद्धा दर्ता भएकोमा ४८ वटा फस्र्यौट भएको बताउँदै ६५ प्रतिशत मुद्दा सरकारले जितेको दावि गरेको । प्रदेश प्रमुख अमिक शेरचनलाई हस्तान्तरण गरेको वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो । बिहीबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा पुगेर मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८/७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदन बुझाउनु अगाडि मुख्यन्याधिवक्ता सुवेदीले उनले फस्र्यौट भएकामध्येबाट ६५ प्रतिशतमा सरकार सफल भएको स्पष्ट पारे ।उनले एकवर्षमा सरकारविरद्ध परेका १२८ मुद्धा मध्ये ८० वटा बाँकी रहेको जनाए । मुख्यन्याधिवक्ता सुवेदीले कार्यालयमा कर्मचारीको कमी रहेको बताउँदै सोँचेअनुसार कानून निर्माण र मुद्दा फस्र्यौट गर्न भने नसकिएको गुनासो गरे ।प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले मुख्यन्याधिवक्ताका अनुसार कार्यालयले पेश गरेको प्रतिवेदन सन्तुष्जिनक रहेको बताए । उनले ६५ प्रतिशत मुद्दा सरकारको पक्षमा हुनुले सरकारले थौरै कमजोरी धेरै राम्रो गरेको देखिएको उल्लेख गरे । प्रदेश प्रमुख शेरचनले मुख्य न्याधिवक्ताको कार्यालयले थौरै जनशक्तिबाट पनि धेरै काम गर्न सफल भएको बताए ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६