नेपालगन्ज ४ असोज ।बाँकेको सुक्खाग्रस्त नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै सर्वसाधारणहरू राहत माग्न गाउँपालिका पुग्न थालेका छन् । खडेरीका कारण त्यहाँको खेत बाँझै छ । सुक्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । भोकमारी पीडितको राहत माग्न पालिकामा धामी नसक्नु भिड छ गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरी सुरु भएको बताए ।
४ आश्विन २०७९, मंगलबार
प्रतिक्रिया