खेलकुद

नेपालमै पहिलो ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिता कपिलवस्तुमा हुने, कती छ पुरस्कार ?

प्रतियोगिता निकै रोचक तथा हास्य मनोरञ्जनात्मक हुने



हरि घिमिरे, ०८ असोज ।
लायन्स क्लव अफ कपिलवस्तुले नेपालमै पहिलो पटक साइकल प्लाङक व्यालेन्स प्रतियोगिता गर्ने भएको छ । लायन्सले यहीँ असोज १५ गते एक दिने साइकल प्लाङक व्यालेन्स प्रतियोगिता आयोजना गर्ने भएको हो ।
उक्त प्रतियोगिता बाणगंगाको पर्यटकीय स्थल राजापनी स्थित पोखरीमा गरिने गरी भएको आयोजकले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । सुन्दा अनौठो लाग्ने भए पनि प्रतियोगिता निकै रोचक तथा हास्य मनोरञ्जनात्मक हुने लायन्स कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुले बताउनु भयो । प्रतियोगिता विश्वका धेरै शहरमा अयोजना गर्ने गरिएको भए पनि नेपालमा भने पहिलो पटक भएको अध्यक्ष थारुको ठोकुवा रहेको छ । यस्तै अध्यक्ष थारुले प्रतियोगितामा सहभागी हुन चाहानेहरुको लागि आबेदन खुला गरिएको जानकारी दिनुभयो । प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतीपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्स संगै सिएण्डसि अस्पताल संग पनि सहकार्य गरिएको थारुको भनाई छ ।


पत्रकार सम्मेलनमा क्लवका रिजन चेयर पर्सन सुरेन्द्र घिमिरेले प्रतियोगिता पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएरसहभागी हुन सम्पूर्णलाई आग्रह गनुभयो । १२ गतेसम्म रजिष्ट्रेसन फर्म खुला गरिएको भन्दै जुनसुकै जिल्लाका ब्यक्तीपनि सहभागी हुन पाउने बताउनुभयो । १२ वर्ष भन्दा माथिका ब्यक्ती सहभागी हुन पाउने उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्नेछ यस्तै १८ वर्ष भन्दा माथिका जटिल रोग नलागेका ब्यक्ती सहभागि हुन पाउने घिमिरेले बताउनुभयो ।
यस्तै प्रतियोगिताका संयोजक लायन विष्णु घिमिरेले जानकारी दिदैं एकजना सहभागीको रजिष्ट्रेजन शुल्क १५ सय लाग्ने र टिसर्ट, खाजा, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन आयोजकले गर्ने बताउनुभयो । साइकल प्लाङक व्यालेन्सका लागि ५२ मिटर लम्बाई तथा ९ इन्च चौडाई कायम गरिएको छ भने ४ फुट गहिराईमा पानि हुने संयोजक घिमिरेले जानकारी दिनु भयो । प्रतियोगितामा २ सय ५० भन्दा बढीलाई सहभागी गराउन नसकिने उहाँले बताउनुभयो ।


त्यस्तै क्लवका सहसचिव रामप्रसाद भुसालले यस प्रतियोगिताले कपिलवस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने भन्दै यसको ब्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । विभिन्न सामाजिक काममा सक्रिय लायन्स क्लवले खेल क्षेत्रमा पनि केहि गरौ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । खेल विहान १० बजेबाट सुरु हुने छ । प्रतियोगिता दर्शकहरुले निःशुल्क रुपमा हेर्न पाउने छन । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुनेले १० हजार तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा लायन्सका विभिन्न पदाधिकारी तथा संचारकर्मीको उपस्थिती रहेको थियो ।

फारम भर्न यो लिंक खोल्नुहोस्ः

https://forms.gle/nBDzKxCN3SCwsw4C6

प्रकाशित : ८ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६