खोज–अनुसन्धान

अपवित्र गठबन्धन परास्त गर्ने चेतना जनतामा आइसकेकोछ : गुप्ता




संजीव गहतराज
कपिलवस्तु १५ असोज । नेकपा एमालेको शिवराज नगर कमिटिले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रर्दान कार्यक्रम तथा बैठक सम्पन्न गरेको छ । मंसिर ४ गते हुने निर्वाचन नजिकदै गर्दा नेकपा एमालेले बैठक भेलालाई तिब्रता दिएको हो । शिवराज नगर कमिटिको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेको पक्षमा जनता देखेर आफ्नो नीति बेचेर कम्न्युस्ट पार्टि र काग्रेस पार्टिको घोषणा पत्र बनाएकोले स्वार्थको अपबित्र गठबन्धनलाई जनताले निस्तेज पार्ने नेकपा एमालेका नेता तथा कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभा प्रस्तावित उमेद्धवार मंगल प्रसाद गुप्ताले बताउनु भयो । मधेशमा मधेशवादि दल छोडेर मधेशका जनताहरू नेकपा एमाले पार्टिमा प्रवेश गर्ने जनलहर चलेको बताउदै नेकपा एमाले पहिलो शक्तिको रूपमा उदाउने उमेद्धार गुप्ताले बताउनुभयो ।
प्रदेश सासंद भएर क्षेत्रको बिकासका लागि अहोरात्र काम गरेकोले फेरि पनि जनताले मौका दिने नेकपा एमाले क्षेत्र नं ३ (क) का उमेद्धार अर्जुन के.सिले बिश्वास ब्यक्त गर्नु भयो । क्षेत्रको बिकासका लागि अझै धेरै काम गर्नुपर्ने भएकोले फेरी पनि सुर्य चिन्हमा मतदान गर्न क्षेत्र नं ३ (क) का उमेद्धार अर्जुन के.सिले आग्रह गर्नुभयो ।सत्ता र शक्तिका लागि जस्तो पनि गर्ने गठबन्धन नेपाली जनताले नचाहेको नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज बलराम अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सचिव सि.बि गहतराजले जोड दिनुभयो ।बैठकमा शिवराज नगरपालिका वडा न १ का अध्यक्ष ढुण्डिराज अधिकारी, वडा न २ का कृष्ण रेग्मी, वडा न ३ का ईन्चार्ज टेकलाल सापकोटा , वडा नं ४ का ईन्चार्ज मणि प्रसाद अधिकारी, वडा न ५ अध्यक्ष कृष्ण कार्की, वडा न ९ अध्यक्ष अशोक मल्ल, वडा नं ११ का ईन्चार्ज ढुण्डिराज पन्थिले वडा भित्र पार्टीको अवस्था र आगामि कार्ययोजनाबारे बताउनुभयो ।
पार्टि सदस्यता नविकरण गर्ने, नयाँ पार्टि सदस्य वितरण गर्ने, वडा कमिटिमा तथा नगर स्तरीय जनबर्गिय संगठनको बैठक आयोजना गर्ने लगाएतको विषयहरु मुख्य ऐजेन्डा रहेको शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले बताउनुभयो । नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलको अध्यक्षतामा आयोजित बैठकको स्वागत नेकपा एमाले शिवराज नगर कमिटि उपाध्यक्ष महादेव पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित : १५ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६