खोज–अनुसन्धान

जसपा गठबन्धनबाट अलग :२ विकल्प खुला



काठमाडौं १६ असोज । जनता समाजवादी पार्टी ९जसपा० नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । शनिबार बसेको जसपा कायकककारिणि समितिको बैठकले यस्तो निर्णय गरेकोहो।
बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ’ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बाँडफाँटडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।
सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’ जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रवार जनकपुरधाममा समेत सत्ता गठबन्धनको सीट बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टी एक्लै चुनावमा जान सक्ने भन्दै नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका थिए ।

प्रकाशित : १६ आश्विन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६