काठमाडौं १८ असोज । सिट भागबण्डालाई अन्तिम रुप दिन पाँच दलीय गठबन्धनको बैठक आज ९मंगलबार० पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।
उनका अनुसार आज बिहान शुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्ने छ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ
आजको बैठकबाट अन्तिम र निर्णायक बनाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनलाई भागबण्डा मिलाउन सकस परिरहेको छ ।
गठबन्धनमा रहेका सबै दलहरुले बढी सिटमा दावी गरिरहेका कारण भागबण्डा मिल्न नसकेको हो । विशेष गरी उपेन्द्र यादवको जनता समाजवादी पार्टी ९जसपा० र माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले आफूलाई गठबन्धनमा कम सिट छुट्याइएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
१८ आश्विन २०७९, मंगलबार
प्रतिक्रिया