अर्थ-वाणिज्य

अघाँखाँची,गुल्मी र पाल्पामा कतिले गरे उम्मेदवारी फिर्ता ?




अर्घाखाँची २६ साउन । अर्घाखाँचीमा चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क) बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक, प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र सङ्घको क्षेत्र रहेको अर्घाखाँचीमा स्वतन्त्रबाट पशुपति ढकाल र राजमोबाट प्रदेश (ख) बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको सहायक निर्वाचन अधिकृत महेश खनालले जानकारी दिनुभयो । सङ्घ र प्रदेश गरी २९ जनाको उम्मेदवारी रहेकोमा अब चुनावी मैदानमा २५ जना रहनुभएको छ ।
यस्तै गुल्मीमा नेपाली कांग्रेका चार जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाको क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका कमल भुसालले उम्मेदवारी फिर्ता लिनुभएको हो । त्यसैगरी उम्मेदवारी फिर्ता लिनेहरूमा क्षेत्र नं. १ अन्तर्गत (क) प्रदेश सभा सदस्यका उम्मेदवार किरण शाह र १ (ख) प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिनुभएको हो । गुल्मीको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएका नरेन्द्र अर्यालले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत वसन्तराज थापाले जानकारी दिनुभयो।
उहाँहरूले निर्धारित समयभित्र आज बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो । चारै जनाले वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।यता प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा बुधबार दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनुभएका भोजेन्द्रबहादुर केसी रहनुभएको छ । यस्तै, पाल्पा क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका जन समाजवादी पार्टी (जसपा)का नेता राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।जिल्ला निर्वाचन अधिकारी रुम्मांगत अर्यालले दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि पाल्पामा ४५ जनाको मात्रै उम्मेदवारी कायम भएको जानकारी दिनुभयो । यसैगरी, पाल्पा क्षेत्र नं. १ बाट भने कसैको पनि उम्मेदवारी फिर्ता नभएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६