खोज–अनुसन्धान

मुख्यमन्त्री सहितको टोली पहिरो पीडितको बस्तीमा :पुनरवासको ब्यवस्था गर्ने आश्वासन




प्युठान २७ असोज । पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो । मुख्यमन्त्री केसीले धनौचौरको पहिरोबाट विस्थापित भएका घरपरिवारको अवस्था बुझ्नुभएको हो । माण्डवी गाउँपालिका–२ को पुकरुक, धनचौर बस्तीमा पुगेर विस्थापित परिवारलाई भेट गर्नुभएको छ ।
घटनास्थलको अवलोकन पछि मुख्यमन्त्री केसीले पहिरो गएको ठाउँको भौगोलिक अवस्थाबारे भूगर्भविद्लाई ल्याएर अध्ययन गरिने बताउनुभयो । त्यस स्थानमा बस्न मिल्ने ÷ नमिल्ने अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ छ । घटनास्थलमा पुग्नुभएका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पहिरोपीडित तथा विस्थापितलाई स्थानीय सरकारसँगै प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताउनुभएको छ । मुख्यमन्त्रीसहितको टोली तिराम–बंगलाचुली–पुकरुकको बाटो भएर घटनास्थल पुगेको थियो । आइतबार गएको पहिरोले धनचौरमा आठ घर पूर्ण रूपमा क्षति भएका छन् । ४९ घर पहिरोका कारण विस्थापित भएका छन् ।
मुख्यमन्त्री केसीले ऐरावती–४ तिग्रापातलको बस्तीमा पुगेर अवस्था बुझ्नुभएको छ । साथै पहिरोबाट विस्थापित परिवारसँग भेट गर्नुभएको छ । जिल्लामा लगातारको वर्षातले जिल्लाभर ८६ घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत मेघराज सोनीले जिल्लाभर १३८ घर अझै जोखिममा रहेको जानकारी दिनुभयो । वर्षाका कारण पहिरो र खोलामा बगेर आठ जनाको ज्यान गएको उहाँले बताउनुभयो ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६