खोज–अनुसन्धान

स्वच्छ र मर्यादित निर्वाचनकालागि प्रेस चौतारीको योजना




कपिलवस्तु २८ असोज ।एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको संयुक्त वैठक आज ४ नं जितपुरमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले पत्रकारहरुले देशको हित हुने गरि समाचार प्रसारण एवं प्रकाशन गर्नु पर्नेमा जोड दिनु भयो । विभाग र चौतारीले ठोस योजनाका साथ प्रचार प्रसार कार्यलाई अगाडि बढाउन समेत उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै पाटी अध्यक्ष डम्मर शर्माले मिडियाले सत्य तथ्य कुराहरु जनसमक्ष पुर्याउनु पर्ने बताउदै भ्रमित हुने खालका सामग्रीहरु पत्रकारले मिडियामा ल्याउन नहुने जनाउनु भयो । कार्यक्रममा बोल्दै प्रेश चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले पत्रकारले निर्वाचन आचार संहितालाई ध्यान पुर्याएर समाचारहरु उठान गर्नु पर्ने बताउनु भयो । वैठकले निर्वाचनको योजना निमार्ण गर्दै विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । पाटी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेको अध्यक्षता , चौतारीका जिल्ला अध्यक्ष जानु पाण्डेको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६