पार्वती पाण्डे
कपिलवस्तु २८ असोज । उम्मेदवारी दर्ता गरेको चारदिन पछि एमाले कपिलवस्तु क्षेत्र नं १ले पालिकाका सबै वडाहरुमा प्रचार प्रसार कार्यलय उद्घाटन गर्ने कामलाई तिब्र पारेको छ । आज एकैदिन बाणगंगाको जितपुर र मायादेवीको पकडीमा कार्यलय उद्घाटन भएको छ । असोज २८ देखि ४ कार्तिक भित्रमा ३० बटै वडामा कार्यलय स्थापना गरेर चुनावी माहोल तताउन एमाले लागेको छ । यतिमात्र होइन एमाले क्षेत्र नं १ ले प्रदेश क्षेत्र १(१ ) र प्रदेश क्षेत्र १(२)मा प्रदेश निर्वाचन परिचालन कमिटीका बैठक राखेर चुनावी योजना पारित गरेको छ । जस अनुसार एमालेले हरेक पार्टी कार्यक्र्तालाई विशेष जिम्मेवारी प्रदान गरेको छ । ३० वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यता नेकपा एमालेले प्रतिनिधी सभा क्षेत्र १ र प्रदेश सभा क्षेत्र १(१) को निर्वाचन प्रचार कार्यालय आज ४ नं जितपुरमा संयुक्त रुपमा समुद्घाटन गरिएको छ । कार्यालयको समुद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज , निर्वाचन क्षेत्र १ प्रतिनिधि सभाका उमेदवार वलराम अधिकारीले कपिलवस्तुको समग्र विकासका लागि आफुले उम्मेदवारी दिएको बताउनु भएको छ । जनताको जिवनस्तरमा परिवर्तन ल्याउन र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्नकै लागि पाटीले आफुलाई उम्मेदवार बनाएको उहाले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय लेखा आयोग उपाध्यक्ष एवम प्रदेश क्षेत्र १(१)का उम्मेदवार विष्णु पन्थिले जनताकै इच्छा , आकांक्षा पुरा गर्न उमेदवारी दिएको बताउनु भयो । देशको निकास र विकासका लागि एमालेका उम्मेदवारलाई भारी मतले जनताले जिताउनेमा आफु विश्वस्त रहेको उहाँले प्रष्ट्याउनु भयो । कार्यक्रममा पाटीका जिल्ला उपाध्यक्ष विश्राम थारु , जिल्ला नेताहरु भेषराज पाण्डे , विश्वकार्की लगायतले जनता एमालेको साथमा रहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका नेता , कार्यकर्ता शुभचिन्तक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
यसैगरी नेकपा एमाले क्षेत्र नं १ प्रदेश क्षेत्र १(२) अन्तरगत पकडीमा एक कार्यक्रमका विच निर्वाचन प्रचार कार्यालय उद्घाटन गरिएको छ । कार्यलयको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज , निर्वाचन क्षेत्र १ प्रतिनिधि सभाका उम्मेदवार वलराम अधिकारीले मधेसको मुहार फेर्न आफू यसपाली जितेर जानु पर्ने बताउनु भयो ।आफुलाई एक पटक अवसर प्रदान गरि भारी मतले जिताउन समेत उहाँले सबैमा अनुरोध गर्नु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुशुधन शरण चौधरीले मधेशको विकासका लागि एमालेका उमेदवारलाई भारी मतले जिताउनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया