अर्थ-वाणिज्य

चर्काे बैक ब्याज विरुद्ध देशका ठूला शहरमा प्रदर्शन




बुटवल, १ कार्तिक । बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा । सोही क्रममा चर्काे बैक ब्याज विरुद्ध देशका ठूला शहरमा प्रदर्शन भएको छ रुपन्देहीका उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी व्याजदरमा चर्को बृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशिल उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन्।
बुटवल उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ लगायतका यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव बिमलराज भट्टराईले बताए।विरोध प्रदर्शन पछि आयोजित कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरु तरलता अभावले झनै पिल्सिनु परेको र त्यसमाथी बैंक तथा वित्तीय संस्थाहरुले महिनै पिच्छे व्याजदर बृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिती आएको बताए।
मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको व्याजदर सिंगल डिजिटमा झार्नुपर्ने, अहिलेको आर्थिक संकटका कारण उद्योगी व्यवसायी किस्ता व्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनु पर्ने किस्ता व्याज तिर्ने समयावधि थप गर्नुपर्ने उद्योग बाणिज्य संघको माग रहेको बताए।सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गरेको नीजि क्षेत्रलाई राहत दिई आर्थिक गतिबिधिलाई अझै बढी चलायमान बनाउनु पर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदरको चरम बृद्धिले सञ्चालन भईरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिती आएको बताए।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६