कृषि

सत्ता गठबन्धन झनझन कमजोर बन्दै, एमालेको लहर अव रोकेर रोकिन्न :उम्मेदवार चौधरी




कपिलवस्तु १ कार्तिक । प्रतिनिधि सभामा नेकपाका एमालेका तर्फबाट समानुपातिक उम्मेदवार एवम प्रदेश नेता जंजिर प्रसाद चौधरीले मसिर ४ को चुनावामा सत्ता गठनबन्धन पराजित हुने बताउनुभएको छ । उहाले सत्ता गठबन्धन झनझन कमजोर बन्दै गएको वताउदै एमालेको लहर अव रोकेर रोकिन्न भन्ने स्पष्ट पार्नु भयो ।बाणगंगा नगरपालिका वडा नं ९ को वडा कमिटिलाई सम्बोधन गर्देै यस्ते बताउनुभएको हो । उम्मेदवार चौधरीले गणतन्त्र संघियतालाई मजबुत पार्न सत्ता गठबन्धन पराजित हुनै पर्ने बताउनुभयो । सोही बैठकमा बोल्दै नेकपा एमाले प्रदेश क्षेत्र नं १ को १ का संयोजक भेषराज पाण्डेले एमालेका पक्षमा कपिलवस्तुमा सर्बाधिक जनलहर आएकोले प्राय सबै स्थानमा बिजयी हासिल हुने बताउनुभयो ।
निर्वाचन परिचालन कमिटि संयोजक नेत्र गिरीको अध्यक्षता , मुमलाला चौधरीको सञ्चालन र बिन्द्र् बहादुर गुरुंगको स्वागत मनतब्यमा भएको बैठकले भलवडाको जिनुवामा प्रचारप्रसार कार्या्लय स्थापनन गर्ने र वडा अन्तर्गतका सबै टोल बस्तीहरुमा घरदैलो गर्ने योजना पनि बनाएको छ । निर्वाचनलाई ब्यवस्थित पार्न वडा स्तरका ११ वटा समिति पनि गठन गरिएको हो ।
यता नेकपा एमाले क्षेत्र नम्बर २ प्रतिनिध सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवार सहित मंगलवार देखी घरदैलो कार्यक्रम सरु हुने भएको छ । जनता सँग आफ्ना पहलमा भएको योजना र आगामी कार्ययोजना सहित घर दैलो गरिने भएको छ । सोमवार सम्पन्न बैठकले निर्वाचन आचार संहिता पालन गर्दै घरदैलो गरिने निर्वाचन परिचालन कमिटिका संयोजक झवीलाल पोख्रेलले बताउनु भयो ।बैठकलाई सम्वोदन गर्दै एमाले केन्द्रिीय सदस्य गिरीधारी लाल न्यौपानेले एमालेले कपिलवस्तुको विकासको लागि तिलौराकोट गुरुयोजना, हुलाकी राजमार्ग, चन्द्रौटा कृष्णनगर सडक, डुमरा महाराजगन्ज सडक जस्ता महत्वपुर्ण योजना संचालन गराएको बताउनु भयो ।
कार्यक्रमको सम्वोदन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वृजेश कुमार गुुप्ताले मर्यादपुर नाका लाई प्युठान सँग जोड्नका लागि बुद्धभूमी – रनगाई –मौवावारी–सिद्धरा–ऐरावती हुदै प्युठानको दरवाङ जोड्ने सडक निर्माणको परिकल्पना गरिएको बताउनु भयो । निर्वाचन क्षेत्र नम्बर २(क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेले युवाहरुलाई लक्षित गर्दै काम गर्ने बताउनु भयो । अहिले युवाको क्षेत्रमा कम बजेट विनियोजन हुन्छ । खेलकुद, तालिम, स्वरोजगार, उद्धमीको लागि आफु योजना ल्याउने बताउनु भयो । फुटवल खेलमैदान निर्माण र क्रिकेटको विकासको लागि समेत पहल गर्ने दाबी गर्नु भयो ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६