कपिलवस्तु २ कार्तिक । मधेसी जनताको नागरिकता विहिन अवस्थालाई समाधान गर्न अवको चुनावपछि एमालेको नेतृत्वमा सरकार वन्ने र त्यसको ३ महिनामा समाधान हुने एमाले क्षेन नं १ का उम्मेदवार वलराम अधिकारीले वताउनु भएको छ । मधेसका जिल्ला सदरमुकाममा सघन शहरी विकास गर्न एमाले नै चाहियो । सिमाक्षेत्र विकास कार्यक्रम ल्याउन एमाले नै चाहियो । हुलाकी सडह वनाउन एमाले नै चाहियो ।त्यसैले अव नागरिकता समस्या समाधान गर्न पनि एमाले नै चाहिने वताउनु भयो । उहाले क्षेत्र नं १ को दोहनीमा क्षेत्रिय कार्यलय उद्घाटन गर्दै यस्तो वताउनु भएको हो । कार्यालय उद्घाटन गर्दै क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारीले पार्टीका हरेक क्रियाकलाप गर्नका लागि कार्यालयबाट सहज हुने बताउनुभयो । उहाँले देशमा शान्ती अमनचयन, राजनीतिक स्थिरता तथा राष्ट्रियताका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
सोहि कार्यक्रममा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरी, एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य दान बहादुर चौधरी, एमाले नेता कैलाश अग्रहरी, मायादेवी गाउँपालिकाका पुर्व अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतले मन्तब्य राख्दै कपिलवस्तुसंगै देशको विकासका लागि एमाले आवश्यक पर्ने बताउनुभयो । सोहि कार्यक्रम मार्फत जसपा जिल्ला कमिटी सदस्य बिष्णु बहादुर चौधरी सहित ७५ जना एमालेमा प्रवेश गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुरा गर्ने एक मात्र पार्टी एमाले मात्रै भएकाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।एमाले कपिलवस्तु नगरपालिका वडा नं. ८ वडा कमिटी अध्यक्ष अनरुल्लाह मुसलवानको अध्यक्षता र भगवानदास चौधरीको स्वागतमा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यता क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १० र २ का विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उम्मेद्वार पन्थीले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासको पर्यावाची नाम एमाले रहेको बताउनुभयो । उहाँले पट्ना क्षेत्रको विकासलाई निरन्तरता दिने बताउदै पट्नावासीको आवश्यकता र मागलाई आफुले नजिकैबाट अनुभव गरेको बताउनुभयो । स्थानीयले लोकप्रिय नेता पन्थीलाई निर्वाचनमा जिताउने भन्दै उत्साहपुर्ण आश्वासन पनि दिएका छन् । त्यस्तै पन्थीले निर्वाचनका बेला मात्र आफु नआउने भन्दै जनताको हरेक सुख दुःखमा सदैव रहने बताउनुभयो ।
प्रतिक्रिया