अराज बेल्बासे
अर्घाखाँची ३ कार्तिक ।अर्घाखाँचीको शितगगा नगरपालिकाले चाडँपर्व लक्षित बजार अनुगमन गरेको छ । चाडपर्व नजिकिदैँ गर्दा पालिकाले विभिन्र पसलहरु अनुगमन गरेको हो । उपभोत्ताले चाँडपर्वको मौका छोपी म्यादगुर्जेका सामाग्री ,गुण्स्तरहिन सामाग्री बिक्री भएको गुनासो गरे पछि बजार अनुगमन गरिएको हो । नगरपालिकाका उपमेयर तथा अनुगमन समिति संयोजक गिता भाट , उपभोत्ताहित संरक्षण समितिका संयोजक नगेन्द्र नेपाल इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी लगायतको उपस्थितीमा अनुगमन गरिएको हो । नगरपालिकाले वडा नम्बर ४ का गोरुसिङ्गे सन्धिखर्क मुख्य सडक अन्तरगत चाक्ला,भेडामारे, बजारका पसलहरूको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा चांडपर्वमा बिक्री हुने पेन्ट, मैदा ,सुजी, सेतो तेल बढी म्याद गुज्रीएका भेटिएका थिए साथै अनुगमनको क्रममा मसला, प्याप्सी,चिप्सmदालमोट लगायतका सामाग्रीहरु म्याद गुज्रिएको भेट्टाएपछि जफत गरिएको दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर,मापदण्ड लगायतका विषयमा केन्द्रितरही बजार अनुगमन तथा निरीक्षण गरिएको उपभोत्ताहित संरक्षण समिति शितगंगा नगरपालिकाका संयोजक नगेन्द्र नेपालले बताउनु भयो अनुगमनको क्रममा म्याद गुज्रिएका खाद्यबस्तुहरू फेलापरेका ६ जनालाई जरिमाना समेगराइएको छ । बिभिन्न पसलहरुमा म्याद गुज्रिएका खाद्यबस्तुहरू १८,२६५ मुल्यबराबरको खाद्यबस्तुहरू नियन्त्रणमा लिई नष्ट गरेको छ ।
३ कार्तिक २०७९, बिहिबार
प्रतिक्रिया