अर्थ-वाणिज्य

मंसिर ४ को बाकस खोली,प्रधानमन्त्री केपि ओली: अधिकारी




कपिलवस्तु ३ कात्तिक। नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले मंसिर ४ को बाकस खोली प्रधानमन्त्री केपि ओली बन्ने वताउनु भएको छ । उहाले नेकपा (एमाले) जनताको पार्टी भएकाले आगामी निर्वाचन पछि एमालेको बहुमतको सरकार संघ र प्रदेशमा गठन हुने बताउनु भएको हो । बाणगंगाका विभिन्न स्थानका मतदाता भेटघाट तथा पार्टीका सम्पर्क कार्यालय उद्घाटनका क्रममा एमालेको सरकारले राष्ट्रिय पुंजीको आधारमा जनतालाई शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, विद्युत आदि विकासको पहुंचमा लैजाने बताउनुभयो ।

अधिकारीले देशभरका जनताले सुर्य चिन्हमा भोट हालेर जनताका आधारभुत आवश्यकताहरु र गठबन्धन सरकारले अलपत्र पारेका विकास निर्माणका कामहरु एमालेको सरकारले पुरा गर्ने दावि गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले शिलान्यास गरेका देशभर ५ सय भन्दा बढी अस्पताल, संयौ सडकहरु गठबन्धन सरकारले खारेज गरि जनता माथि प्रहार गरेकाले त्यसको परिणाम अब जनताले देखाउने बताउनुभयो ।पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपानेले गठबन्धन सरकार सेटिगंबाट चलेको बताउदै देशको विकासका लागि जनादेशको सरकार आवश्यक रहेको बताउनुभयो ।

बाणगंगा ९ भलवाडमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै जनमतबाट बन्ने एमालेको सरकारले मात्र देशको विकास गर्न सक्ने बताउनुभयो । प्रदेश सभा सदस्य तर्फ समानुपातिक उम्मेद्वार समेत रहनुभएका न्यौपानेले एमालेको सरकारले बजेट समेत पछर््यौट गरेका विभिन्न योजनाहरु गठबन्धन सरकारले हटाएको भन्दै ती योजनाहरु पुरा पार्टीले जित्नुपर्ने बताउनुभयो । न्यौपानेले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धेरै मतान्तरले विजयी हासिल गर्ने दावि गर्नुभयो ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६