रुपन्देही ४ कार्तिक । रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। यसअघिको अल्पकालीन अन्तरिम आदेश दिएको थियो।आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ।
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले प्रतिनिधिसभाको उम्मेदवार हुन नसक्ने आदेश दिएको हो ।न्यायाधीशहरु कुमार रेग्मी र ईश्वर प्रसाद खतिवडाको इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै कालोसूचीमा रहेका व्यक्तिका लागि उम्मेदवार हुन पाउने व्यवस्था नरहेको ठहर गरेको हो।न्यायाधीद्वयले शुक्रबार दिनभर चलेको सुनुवाइपछि साँझ आदेश जारी गरेपछि राजुले अब उम्मेदवार हुने ढोका बन्द भएको छ।यो संगै एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेललाई गठबन्धन विहिन चुनाव जित्न हाइ सञ्चोेभएको छ । प्रतिस्पर्धी गठबन्धन नै नरहेपछि पौडेलको जीत अग्रिम सुनिश्चित भएको हो ।
प्रतिक्रिया