अर्थ-वाणिज्य

क्षेत्र नं ३ ले अहिले सम्म स्वच्छ मर्यादित र आचरणशील नेता पाएन : गुप्ता




कपिलवस्तु ५ कार्तिक । कपिलवस्तुको क्षेत्र नं ३ ले अहिले सम्म स्वच्छ मर्यादित र आचरणशील नेता लाई सांसद बनाउन नसक्दा शुसासन ,विकास र समृद्धी हासिल गर्न नसकेको प्रतिनिधी सभाका उम्मेदवार मंगल प्रसाद गुप्ताले वताउनु भएकोछ । उहाले जनताले रुचाएको ,क्षेत्रमा भिजेको , सबै जनताले साझा रुपमा स्वीकार्ने पात्र यसपाली एमालेले अगाडी सारेकोले सूर्य चिन्हमा ढुक्क भएर मतदान गर्न आग्रह्गर्नु भयो ।आजको बिकासको बिकल्प ,देशले र जनताले बिश्वास गरेको पार्टी एमाले नै रहेको कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार मंगल प्रसाद गुप्ताले बताउनु भएको हो । पत्रकारहरु संग संक्षिप्त आफ्नो उम्मेदवारीको बिषयमा कुराकानी गर्दै उम्मेदवार गुप्ताले एमालेको सरकार पछि राजनितिक सन्तुलन कायम हुने बताउनुभयो । बहुमतका साथ निर्वाचनमा एमालेले जित हासिल गर्ने बताउदै एमालेको योगदानलाई कसैले खण्डन गर्न नसक्ने उहाको भनाई छ ।
विगतमा आफ्नो क्षेत्रमा एमालेको सहभागि कम नभएको बताउदै अहिले आफ्नो पहलमा कृष्णनगरलाई पनि एमालेमय बनाउदै गईरहेको बताउनुभयो । देशलाई प्रजातान्त्रिक ,लोकतान्त्रिक आधारमा चलाउने स्वारुप गठबन्धन सरकारमा नभएको पनि उम्मेदवार गुप्ताले टिप्पणी गर्नुभयो । गठबन्धले बिभिन्न अवस्थामा पार्टी परिवर्तन गर्दै जाने गर्दा सरकारलाई स्थिर बनाउन नसकेको उहाको तर्क रहेको छ ।जनताले कांग्रेसलाई बिश्वास गर्न छोडेपछि एक्लै जित्न नसकेर गठबन्धन बनाउदै हिडेको र कुर्सिकै दौडमा लागिपरहेको उहाको भनाई छ । यता आफ्नो जितपछि आफ्नो क्षेत्र र कपिलवस्तुको समग्र बिकासका लागि प्रतिबद्ध भएर लाग्ने दाबी गर्नुभयो । विगत देखी नै किसान मजदुरका सवालमा आवाज उठाउदै आन्दोलनमा सहभागि भएको जनाउदै थप शशक्त ढंगले सबै किसान र मजदुरका हितको लागि काम गर्ने पनि बताउनुभयो

प्रकाशित : ५ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६