अर्थ-वाणिज्य

उम्मेदरवारले मागे शिक्षकसंग सामुहिक मत




कपिलवस्तु ६ कार्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको जिल्ला परिषद तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्यामपसको सभाहलमा सम्पन्न कार्यक्रममा शैक्षिक बर्षमा सम्पन्न गरिएका क्रियाकलाप, शैक्षिक बर्ष २०७८÷७९ को आर्थिक प्रतिवेदन, सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो भने आगामी कार्ययोजनाको बारेमा पनि छलफल तथा अन्तरक्रिया गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि पुर्व शिक्षक प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि शिक्षक संगठनको अहम भुमिका रहेको बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीले शिक्षकहरु समाजका पथप्रदर्शक भएकाले उन्नत समाज निर्माणमा अहम भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष विश्राम प्रसाद थारु, बाणगंगाका मेयर चक्रपाणि अर्याल, एमाले नेता बाबुराम खनालको आतिथ्यता, पार्टीका नेता कार्यकर्ता त्यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका पदाधिकारी सदस्यरु र जिल्लाका १० वटै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।संगठन जिल्ला कमिटी अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता, उपाध्यक्ष प्रकाश अधिकारीको स्वागत मन्तब्य र जिल्ला सचिव सचिव टिकाराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संगठन बाणगंगा नगर कमिटी अध्यक्ष धनु गाहाले जानकारी दिनुभएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६