काठमाडौं ९ कात्तिक। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले आफ्नो दलले पाँच वर्ष एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने बताएका हुन् ।न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरि र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा एमाले दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा ९एमाले० एक्लैले ल्याउने स्थिति छ। सत्तारुढ गठबन्धनको गतिविधिका कारण मतदाताले उनीहरुलाई मत नदिने पौडेलले बताए ।उनले भने ‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ’।
९ कार्तिक २०७९, बुधबार
प्रतिक्रिया