कपिलवस्तु १२ कार्तिक । राप्रपा कपिलवस्तुको निर्वाचन केन्द्रित प्रचार प्रसार तीब्र हुदै जादा कपिलवस्त जिल्लाको शुद्धोधन गउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ३५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन । आज शुद्धोधन गाउँपालिका ४ र ५ वडामा भएको युवा सगंको अन्तरक्रिया तथा मतदाता भेटघाट कार्यक्रममा उक्त सङ्ख्यामा पार्टी प्रवेश गरेका हुन ।प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझी र सोही क्षेत्र प्रदेश सभा ख का उम्मेद्वार रोशन साहले नवप्रवेशीहरुलाई टिका, खादा र पार्टीको परीचय पत्र दिएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरुले अन्य पार्टीका विचार, सिद्धान्त र एजेण्डाले अब देश विकास हुन नसक्ने भएकोले राप्रपामा प्रवेश गरेको बताएका थिए । कपिलस्तु सगँै देशलाई विकासको नयाँ गोरेटोमा हिडाउनको लागी राप्रपाको विचार, सिद्धान्त र एजेण्डा उचित रहेकोले आफुहरु राप्रपामा प्रवेश गरेको बताएका थिए ।यसैक्रममा बाणगंगा नगरपालिका ४ हरिहरपुरमा पनि युवा सगँ अन्तरक्रिया तथा मतदाता भेटघाट कार्यक्रम गरिएको छ । पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका धुव्र रायमाझी र क्षेत्र नम्बर १ क का उम्मेद्वार भोजराज आचार्यको उपस्थितीमा हरीहरपुरमा उक्त कार्यक्रम गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार रायमाझीले युवाहरुको जोस जाँगर, विचार, तरिका र पुराना पुस्तका अनुभवहरु मिसाएर अब देशलाई फरक ढंगबाट अघि बढाउने योजनामा राप्रपा रहेकोले युवाहरुको स्थानलाई महत्व दिइने बताउनु भएको थियो ।
प्रतिक्रिया