खोज–अनुसन्धान

४ पालिका जोडेर बुद्ध परिक्रमा पथ बनाउने एमाले उम्मेदवारको प्रतिवद्धता




कपिलवस्तु १३ कार्तिक । बाणगंगा नगरपालिका, मायादेवि गाउपालिका ,शुद्धोधन गाउ पालिका र कपिलवस्तु नगरपालिका गरी चार पालिका जोडेर गौतम बुद्ध परिक्रमा पथ बनाउने एमाले उम्मेदवारले मतदाता समक्ष दावि गरेका छन् । शुद्धोधनको लवनी हुदै पतेरीया फुलिका अरौराकोट लम्वुसागर हुदै तिलौराकोट जोडेर बुद्ध परिक्रमा पथ बनाउने गरी घोषणा पत्र ल्याउने उम्मेदवारले वताएका हुन् । प्रतिनिधी सभा १का एमाले उम्मेदवार बलराम अधिकारी र प्रदेश सभा १(१) का उम्मेदवार विष्णु पन्थीले यस्तो दावि गरेका हुन् ।
कपिलवस्तु नगर पालिका वडा नं ९को घरदैलोमा पुगेका एमाले उम्मेदवारले स्थानीय विकासका महत्वपूर्ण खाकाहरु प्रस्तुत गरेर मतदाताको मन खिच्ने कोसिस गरेका हुन्। केपि ओली प्रधानमन्त्री भएको बखत सग्रहवा लम्वुसागर क्षेमा ५ हजार क्षमताको अन्तराष्ट्रिय स्तरको बौद्ध सभाहल, विश्वकै सर्वाधिक अग्लो बुद्धको मूर्ति शहितको विश्व शान्ति शहर बनाउने गरि लुम्विनी विकास कोष मार्फत गुरु योजना बनेको वताउदै सोको कार्यान्वयन गर्न आफूहरुले जित्नु पर्ने वताएका हुन् ।सग्रहवा र लम्वुसागर क्षेत्रमा विश्वको नमुना शान्ति शहर वनाउन लुम्विनी विकास कोषसंग सहकार्य गर्ने समेत एमालेले प्रतिवद्धता पत्रमा समेट्ने भएको छ ।
उक्त घरदैलोमा मतदाताको भेटघाटलाई संवोधन गर्दै ७ जनामन्त्रीवाट चलेको प्रदेशलाई १७ जना मन्त्री पुराएर चोर डाकाले जस्तै राज्यकोष लुट्ने काम गठबन्धनवाट भएको उम्मेदवार पन्थीले वताउनु भयो । नेता अधिकारीले वोल्दै केपि ओलीले एकैसाथ सिलन्यास गरेका १४ सय वटा सडक बनाउने वजेट गठबन्धन सरकारले काटेर कपिलवस्तुका २ सय वढी सडक बन्नवाट रोकेकोले एमालेलाई जिताएर पुन ती सबै सडकहरु वनाउन अवसर दिनु पर्ने स्पष्ट पार्नु भयो ।घरदैलो भेटघाटमा एमालेका प्रदेश नेता हिराला पौडेल जिल्ला नेता भेषराज पाण्डे लगायतको सहभागिता थियो ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६