खोज–अनुसन्धान

निर्वाचन संहिता बिपरीतका प्रचार सामाग्री हटाउने काम शुरु: मापदण्ड विहिन प्रचार कार्यलय बन्द गर्न निर्देशन



बिकास थापा
कपिलवस्तु १४ कार्तिक ।कपिलवस्तु क्षेत्र नं १ अन्तर्गत निर्वाचनको अचारसंहिता बिपरीत टांगिएका प्रचारप्रसार सामाग्री हटाउने काम आजबाट शुरु भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक मूख्य निर्वाचन अधिकृत , सहसंयोजक प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुखहरु सदस्य ,निर्वाचन अधिकारी सदस्य सचिव रहेको समितिले मापदण्ड बिपरीतका साईनबोर्ड होर्डिंग बोर्ड हटाउने काम शुरु गरेको हो । आचारसंहिता बिपरीत कार्यहरु भएको जनगुनासो बढ्न थालेपछि चोक चोकमा टांगिएका पोष्टर तथा पम्प्लेट च्यातेर का्रबाही अघि बढाईएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताउनुभयो ।
निर्वाचन आचारसंहिता भन्दा बढि खोलिएका चुनाव प्रचारप्रसार कार्यालयहरु बन्द गर्न निर्देशन समेत दिनुका साथै त्यहा रहेका साईन बोर्ड समेत निकाल्न लगाइएको उहाको भनाई छ । कपिलवस्तुका क्षेत्र नं १ का २ वटै प्रदेश क्षेत्र अन्तरगत बिभिन्न ठाउमा टागिएका ब्यानर समेत निकाल्ने काम गरिएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक ,सहसंयोजक , सुरक्षा निकाय,अनुगमन समितीका सदस्यहरु सामाग्रीहरु नष्ट गर्ने कार्यमा प्रत्यक्ष रुपमा सहभागि भएका थिए । बिभिन्न राजनितिका दलका कार्यालयहरुलाई पनि मापदण्ड बिपरितका साईन बोर्ड निकाल्न सम्बन्धित दलहरुलाई आग्रह गरिएको बताउदै अटेरि गरे मात्र प्रशासनले हस्तक्षेप गर्ने बताईएको छ । क्षेत्र नं १ बाट शुरु भएको यो अभियानमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निरन्तर जारी राख्ने प्रशासनको योजना रहेको छ । बिभिन्न ठाउहरुमा रहेका मापदण्ड विपरीतका झण्डा समेत सो अबसरमा हटाईएको थियो ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६