खोज–अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन एमाले प्रबेश




बुटवल १४ कार्तिक ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।ज्ञवालीले नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए । साढे दुई महिना अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । आज विज्ञप्ति जारी गर्दै उनले एउटा भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् ।

‘पार्टीको केन्द्रीय नेतृत्वलाई पनि निकट रहेर निकालेँ र बुझेँ, मात्रै त्यो भ्रम रहेछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अब त्यस्ता भ्रमको खेती गर्नेहरूबाट पार्टीको नाम सिवाय अरू थप केही नहुने महसुस गरेँ ।’ज्ञवालीले यथार्थमा जनताको पक्षमा लड्ने र राष्ट्रियताको पक्षमा अड्ने पार्टी एमाले नै रहेको बुझाइ प्रस्तुत गर्दै यही पार्टीमा क्रियाशील हुने बताएका छन् ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६