बुटवल १५ कार्तिक ।रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । असोज २३ गते साझ करिब ४ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्सा महिलावारको नवजिवन स्कुल अगाडी दुई जनाले हतियार देखाई लुटपाट गरेको प्रहरीको आरोप छ ।प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार लु५०प ७५९ नम्बरको मोटरसाईकलमा सवार रहेका लुम्बिनी साँस्कृतिक नगरपालीका वडा नम्बर ११ मोग्लाहामा रहेको लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीबाट १० लाख ९० हजार रुपैया लुटेका थिए ।
सो घटनाकै अनुसन्धानमा रहेको प्रहरीले कार्तिक १० गते उनिहरुलाई कोटहीमाई गाउपालिका वडा नम्बर १ सिपवाबाट पक्राउ परेको रेग्मीले बताए ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुर ग्राम भगवानपुर बस्ने चालक २८ बर्षिय सुनील कुमार सहानी र भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखोर बस्ने वर्ष २६ को शशिकांत भट्ट रहेको रेग्मीले बताए ।








प्रतिक्रिया