बुटवल १५ कार्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानियलाई बुटवल भित्रै स्थापित गरेर मात्र सो क्षेत्रमा कोरिडोरको कार्य अघि बढाउने उनको भनाई छ ।
त्यस्तै उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन एमालेको पहिलो कार्य रहेको बताए । बुटवल–११ मा आयोजित तिलोत्तमा टोल भेला कार्यक्रममा बोल्दै उनले आफुहरु निर्वाचित भएपछिको पहिलो कार्य स्वरुप सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने बताए ।
१५ कार्तिक २०७९, मंगलबार
प्रतिक्रिया