खोज–अनुसन्धान

लौरोधारी निकोलस उम्मेदवार बन्न नपाउने सर्वाेच्चको ठहर




रुपन्देही १५ कार्तिक ।रुपन्देही क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका कमल भुसाल निकोलस उम्मेदवार बन्न नपाउने भएका छन्।उम्मेदवारी खारेज विरुद्ध हाम्रो नेपाली पार्टीका भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए।सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालसले मंगलबार रिट खारेजको फैसला सुनाएको हो।रिट खारेज भएसँगै निर्वाचन अधिकृतको कार्यालयले गरेको भुसालको उम्मेदवारी खारेजी पनि सदर भएको छ।

गत असोज २३ गते भुसालले हाम्रो नेपाली पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए।सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट आर्थिक लाभ लिएको ठहरिने भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते उनको उम्मेदवारी खारेज गरेको थियो।उम्मेदवारी खारेजीविरुद्ध उनी सर्वोच्च गएका थिए। यसअघि रुपन्देही २ कै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको पनि उम्मेदवारी खारेज भएको छ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६