खोज–अनुसन्धान

‘कपिलबस्तुमा बहालवाला मन्त्रीसहित ६ पूर्वमन्त्री चुनावी मैदानमा’

संसद प्रवेशको मार्ग कति सहज ?



कपिलबस्तु, १७ कार्तिक ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलबस्तुका तीनवटै निर्वाचन क्षेत्रमा बिरासत जोगाउने कसरतमा उम्मेद्वार कस्सिएका छन् । यहाँ मुख्यतः बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि कपिलबस्तुमा मधेशवादी दलहरुको समेत राम्रो प्रभाव भने देखिन्छ ।यहाँको रोचक के छ ? भने, आम निर्वाचन २०७९ मा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा एक जना बहालवाला मन्त्री सहित ६ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका केन्द्रिय सदस्य एवं कपिलबस्तु इन्चार्ज बलराम अधिकारी चुनावी मैदानमा छन् ।

२०७० सालदेखिका सहयात्रीहरु हाल आएर आमने–सामने भएका हुन् । अधिकारी २०७० मा संविधानसभा सदस्य भएका थिए । खनालले २०७४ सालको निर्वाचनमा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । अघिल्लो चुनावमा प्रतिस्पर्धी रहेका खनाल र उपाध्याय यो चुनावमा भने सहयोगी बनेर एमालेसँग लड्नुपर्ने अवस्थामा छन् ।२०७४ असोज ३१ गते गठित केपी शर्मा ओली नेतृत्वमा बाम गठबन्धनको बहुमत सरकारको संघीय कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्रीमा कपिलबस्तु–१ का उम्मेद्वार ‘बलदेव’ चयन भएका थिए । कृषिमन्त्रीत्व समयलाई जिल्लाको बिकासमा सक्रिय सहभागिता जनाएका उनै बलदेवले अहिले निर्वाचन सहजै जित्ने बिश्वास ब्यक्त गर्छन् ।

यस्तै कपिलबस्तु–१ (ख) का सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट सहसराम यादवको उम्मेद्वारी छ । प्रदेशसभा सदस्यका उम्मेद्वार यादव हाल बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री हुन् । लुम्बिनी प्रदेश सरकारको कुलप्रसाद केसी मुख्यमन्त्रीत्व कालमा यादव जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री बनेका थिए । आमनिर्वाचन २०७९ मा यादव जसपा परित्याग गर्दै सत्ता गठबन्धनमा प्रवेश गरी रुख चुनाव चिन्ह लिई चुनावी मैदानमा छन् ।कपिलवस्तु–२ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन् । यहाँ मुलतः तीनजना पूर्वमन्त्रीहरु आचार्य, गुप्तासंगै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बाट अकवल अहमद शाह पनि उम्मेदवार छन् । आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन् ।

यस्तै पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलबस्तु–२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समुह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पुरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

यस्तै, कपिलबस्तु–२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेद्वारी छ । उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् बिस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए । नेकपा बिभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका थिए । मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सुर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।कपिलबस्तु–३ मा ईश्वर दयाल मिश्र पनि प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बनेका छन् ।

तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको मन्त्रीमण्डलमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका मिश्रले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जीत निश्चित भएको दाबी गर्दछन् । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका महासचिव समेत रहेका मिश्रले आफु राज्यमन्त्री हुँदा जिल्लाको बिकासमा राम्रो काम गरेको दाबी सहित निर्वाचनमा होमिएका छन् दल अदलबदल गर्दै राजनीतिमा टिकेका कपिलबस्तुका आंशिक उम्मेद्वारले आफ्नो साख जोगाउन सक्लान् ? नसक्लान् त्यस्को लागी ४ मंसिर कुर्नुपर्ने छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६