खोज–अनुसन्धान

तौलिहवामा नमुना मतदान :कसले कसरी खसाए भोट ?




कपिलवस्तु १७ कात्तिक ।आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गरी सदरमुकाम तौलिहवाको बुद्धपदम उमाबिमा नुमना मतदान संपन्न गरेको हो । नमूना मतदानमा मुख्य निर्वाचन अधिकारी सुर्य नाथ प्रकाश अधिकारी, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, राष्ट्रिय अनुसंधानका प्रमुख मोहन कुवर, जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल लगायतको सहभागीता थियो ।यस्तै नगर भित्रका स्थानीय मतदाता, कर्मचारी, सुरक्षाकर्मी समेतको सहभागिता थिया । मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाव सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्ने लगायत अभ्यास पनि गराइएको थियो ।
नमूना मतदानमा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमूना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले बताए । त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमूना प्रदर्शन गरिएको थियो । मतदानमा कुल ३९ जना सहभागी थिए । जस मध्ये ५ मत बदर भएको थियो । मतदान गर्ने तरिका, सदर र बदर मत लगायत मतदानको प्रकृया बारे ब्यवहारिक जानकारी गराउन यसले भुमिका खेल्ने उनले बताए । जिल्लाका अन्य नौ पालिकामा समेत नमुना मतदान गरिने उनले बताए । प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ सिट रहेको कपिलवस्तुमा ३ लाख ७८ हजार ८३२ मतदाता छन । २ सय ३४ मतदान स्थलमा ४ सय ७२ मतदान केन्द्र छन ।
महिला स्वयमसेविका ९६ वटा वडा मै खटिदै :

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम संचालन गरिदै छ । मतदाता शिक्षाकालागि कार्तिक १८ देखि मंसिर १ सम्म महिला स्वयमसेविका परिचालन हुनेछन । मतदाता शिक्षाकालागि कपिलवस्तुका १० वटै पालिकामा रहेको ९६ वडा बडामा महिला स्वयमसेबिका खटाईने भएको हो । मतदाता शिक्षाकालागि जिल्ला स्तरमा प्रजिअ पालिका स्तरमा प्रमुख प्रशाकीय अधिकृत र वडामा वडा सचित स्तरीय समिति समेत निर्माण गरिएको छ । जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले पालिकाले आफो पालिका तथा वडाहरुमा मतदाता शिक्षाकालागि आवश्यक जन शक्तिकारुपमा महिला स्वयम सेकिवा परिचालन गर्ने बताए । महिला स्वयमसेविकालागि संबन्धीत पालिकाले खटाउने र उनीहरुको पारिश्रमिक समेत पालिकाले ब्यहोर्ने उनले बताए । महिला स्वयम सेविकाले मतपत्र र मतदानका बिषयमा जानकारी गराउनेछन ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६