खोज–अनुसन्धान

धमलाको कार्यक्रममा हमला केहि घाइते




रूपन्देही १९ कार्तिक । रुपन्देही क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार प्रमोद यादवले एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम आफ्नो पहलमा भएको भनेपछि स्थानीयले झुटो बोलेको भन्दै हुटिङ गर्दा लफडा भएको छ । सो घटनामा एक जना घाइते भएका छन् ।मर्चवारमा शुक्रबार ऋषि धमलाले क्षेत्र नं ४ का ४ जना उम्मेदवार राखेर गरेको चुनावी बहसमा कांग्रेस उम्मेदवार यादवले बेलबास–बेथरी–मर्चवार सडक, झुलनीपुर–सिपवा सडक र विभिन्न विद्यालयमा वजेट आफ्नो पहलमा पारेको भनेपछि स्थानीयले विरोध गर्दै हुटिङ गरेका थिए ।

प्रमोद यादव पहिलो चरणमा बोल्ने क्रममै झुठो कुरा भन्दै हुटिङ भएको थियो । केपी ओली नेतृत्वको सरकारले १६५ वटै निर्वाचन क्षेत्रमा सडक विस्तार गर्ने कार्यक्रमअन्तर्गत बनेका सडकलाई प्रमोद यादवले आफूले बजेट पारेको भनेपछि लफडा भएको स्थानीयको भनाई छ ।

तस्बीर : नेपाल प्रेसवाट

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६