अर्थ-वाणिज्य

देउवाको ब्यापक खर्चका बारेमा आयोगमा उजुरी




डडेल्धुरा १९ कार्तिक ।प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। ढकालले शुक्रबार आयोगलाई पठाएको निवेदनमा देउवाको खर्च अनुगमन गर्न मागसमेत गरेका छन्।बिहीबार डडेल्धुरामा आयोजित चुनावी सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले ४७ वटा बस प्रयोग गरी ठूलो पैमानामा खर्च गरेको ढकालको जिकीर छ।‘मिति २०७९ कार्तिक १७ गते डडेल्धुरा बसपार्कमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ।

उक्त चुनावी आमसभाका लागि जिल्लाका विभिन्न स्थानहरुबाट स्थानीय जनताहरुलाई आउन र फर्किनका लागि ४७ वटा सवारी साधन परिचालन गरिएको छ’ ढकालले आयोगमा बुझाएको पत्रमा भनेका छन्, ‘प्रायः सुनसान हुने होटलहरुमा ह्वात्तै चहलपहल बढेको छ। जिल्लाका विभिन्न चुनावी अभियानका नाउँमा खसी काटेर भोजभतेर समेत गरिँदै छ। साथै हेलिकप्टरको प्रयोग, रिसोर्टको बुकिङ्ग पनि गरिएको छ।’यसरी यस्ता कार्यक्रमहरु गर्नका लागि निकै ठूलो रकम खर्च भएको र निर्वाचन आचारसंहिता उल्लंघन हुने उनको जिकीर छ।प्रधानमन्त्री देउवा यतिबेला गृहजिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा व्यस्त छन्।ढकाल देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दैछन्।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६