अर्थ-वाणिज्य

एमाले मजवुत बन्दा जसपा र लोसपा कमजोर बन्दै: कपिलवस्तुमा यी दलभन्दा जनमत निकै मजवुत




कपिलवस्तु १७ मंसिर ।गत स्थानीय तहको निर्वाचन अघि रामै्र स्थितिमा रहेको जसपा नेपाल र लोसपा अहिले कपिलवस्तुमा निकै कमजोर बनेको छ । निर्वाचन अघि सो दलमा रहेका नेताहरु एमाले र कांग्रेस प्रबेश गरे पछि जसपा र लोसपा जिल्लामा निकै कमजोर देखिएको हो । लगातार ३ पटक सांसद जितेको बृजेश कुमार गुप्ता र जसपा नेता मंगल प्रसाद गुप्ता, लोसपा नेता मधुसुदनशरण चौधरी लगायतका नेता एमालेमा प्रबेश गरे पछि त्यसको नजिता अहिले देखिएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जसपा र लोसपा निकै कमजोर देखिएको छन । समानुपातिक तर्फको मतपरिणाममा यी दुबै पार्टीलाई हालै गठन भएको जनमत पार्टीले उछिन्न सफल भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ १५ हजार २०५ मत ल्याएको छ । जिल्लामा चौथो स्थानमा आउन सफल जनमत पार्टी भन्दा जसपा झण्डै आधा मतान्तरले पछाडी छ । जसपाले प्रतिनिधि सभाको समानुपातिक तर्फ ८ हजार ८४१ मत पाएको छ । लोसपाले ६ हजार ४२३ मत पाएको छ।

प्रकाशित : १७ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६