तुलसीपुर ४ पुस । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले संचारकर्मीहरुले पेशागत धर्म निर्वाह गरेमा देश बन्ने काममा योगदान पुग्ने वताएका छन् । उनले सत्य कुरा लेख्न र बोल्न सक्ने साहस राख्नु पर्ने बताएका हुन् । नेपाल पत्रकार महासंघको ३० औं स्थापना दिवस तथा २१ औं साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।मन्त्री शर्माले संचारकर्मीहरु देशको चौथौं अंग भएको बताउदै गलत कुरालाई आलोचना गर्नबाट पछि हट्न नहुने बताए । त्यस्तै मन्त्री शर्माले कसैको गल्तीलाई बढाइ चढाइ विकृतीकरण गरेर अरुलाई सिधाउने सिद्धान्तका साथ कुनै पनि कार्य गर्न नहुने पनि जिकिर गरेका छन् ।
त्यस्तै उनले समाचार प्रसारण प्रकाशन गर्दा सत्य तथ्य बुझेर मात्रै प्रसारण प्रकाशन गर्न आग्रह गरे । साथै संचार क्षेत्र आफैमा फराकिलो क्षेत्र भएकोले समाचार सम्प्रेषण गर्दा संवेदनशिल हुनु पर्ने बताए ।त्यस्तै पछिल्लो समय गणतन्त्र, संघीयता, समावेशिताको विषयमा प्रश्न खडा भैरहेको छ, यो एकदम गलत छ, यो विषयमा सञ्चारकर्मीहरुले अझै सचेत हुनुपर्ने उनको भनाइ छ ।त्यस्तै तुलसीपुर उपहानगरपालिकाका उपमेयर स्यानी चौधरीले संचार क्षेत्रलाई व्यापक रुपमा अगाडी बढाउनु पर्ने बताइन् । अब नेपालको संचार भनेको विश्व सामु चिनाउन सक्ने खालको हुनु पर्ने बताइन् ।नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा भुसालले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सचिव आरके शितलले गरेका थिए ।
४ पुस २०७९, सोमबार
प्रतिक्रिया