कपिलवस्तु ५ पुस ।नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ लाई संशोधन गर्न ल्याइएको अध्यादेश प्रमाणीकरण माग गर्दै केहिदिन यता कपिलवस्तुमा दैनिक प्रदर्शन गरिएको छ । कपिलवस्तुका थारु समुदायले बुद्धभुमि र बाणगंगा नगरपालिकामा प्रमाणीकरणको माग सहित प्रदर्शन गरेका हुन । सोमवार बुद्धभूमि २ गोरुसिङ्गे बजारमा र आइतबार बाणगंगा नगरपालिकाको जितपुरमा अभिलम्ब प्रमाणीकरणको माग गर्दै आन्दोलन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै थरुहट÷थारुवान् संयुक्त संघर्ष समिति कपिलवस्तुका संयोजक समेत रहेका थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर थारुले रेशम चौधरीलगायतका आरोपित व्याक्तिहरु निर्दोष रहेको दाबी गर्नु भयो
टीकापुर घटनाको सम्बन्धमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरी निद्रोस थारु अगुवाहरुलाई फसाएको बताइएको छ । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
थारु कलाकार श्रीनिवास चौधरीले टीकापुर घटनाको सम्बन्धमा सरकार सँग विभिन्न सहमति भए पनि त्यसको कार्यान्वयन नभएकोमा आपत्ति जनाउनु भएको थियो । थारु कल्याणकारिणी सभा कपिलवस्तु र थारुहट/थारुवान संयुक्त संघर्ष समिति कपिलवस्तुले आयोजना गरेको विरोध प्रदर्शनमा विभिन्न दल तथा संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
५ पुस २०७९, मंगलबार
प्रतिक्रिया