कृषि

अरु प्रदेशमा भन्दा भिन्दै स्वरुपमा लुम्विनीका सांसदलाई सपथ




रुपन्देही ६ पुस । लुम्बिनीमा प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखले नै सामूहिक रुपमा सपथ गराउने तयारी भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।अन्य प्रदेशमा भने ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले सपथ गराउने तयारी भइरहेको छ । २०७४ सालमा ज्येष्ठ सदस्य बलदेव पोखरेलले अन्य सदस्यलाई सपथ गराएका थिए ।प्रदेशसभाको पहिलो कार्यकालमा भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सपथ गराउने उल्लेख गरेका कारण सोहीअनुसार तयारी थालिएको प्रदेशसभा सचिव पुनले बताए ।
लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य रहेका छन् । सांसदहरुको सपथग्रहणअघि लुम्बिनी सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष आग्रह गर्नेछ । सोहीअनुसार पहिलो बैठक बस्नुअघि प्रदेश प्रमुखले सांसदहरुलाई सपथ गराउनेछन् ।तर, अहिलेसम्म प्रदेशसभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । प्रदेशसभा सचिव पुनले सरकारले निर्णय गरेपछि मात्रै बैठकको टुंगो लाग्ने बताए ।
प्रदेश प्रमुखले सपथ गराएपछि सभामुखको चयन नहुँदासम्म प्रदेशसभा बैठकको अध्यक्षता ८७ जना सदस्यमध्ये ज्येष्ठ गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा एमालेबाट निर्वाचित भुसालको जन्म मिति २०१० साल जेठ ७ गते उल्लेख छ ।
अहिले स्थायी राजधानी दाङको देउखुरीमा निर्माण भएको प्रदेशसभा भवनमै सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६