अन्तर्राष्ट्रिय

बाणगंगालाई मौसमी कामदार दक्षिण कोरीया पठाउने बाटो खुल्यो




सरिता थारु
कपिलबस्तु६ पुस । कपिलवस्तुको बाणगंगा नगरपालिकाले ५ सय बढी मौसमी कामदार दक्षिण कोरीया पठाउन पाउने भएको छ । सरकारले मौसमी श्रमिक (सिजनल वर्कर) विदेश पठाउने कामलाई वैधता दिएपछि बाणगंगा नगरपालिकाले पनि अब कामदार पठाउन पाउने बाटो खुला भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदेशमा मौसमी श्रमिक पठाउनेबारे एक निर्देशिका पास गरेको छ, जसले स्थानीय तहहरुलाई सम्बन्धित देशका स्थानीय निकाय वा रोजगारदाता कम्पनीसँग सम्झौता स्थापित गरेर मौसमी कामदार विदेश पठाउन बाटो खुला गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले मौसमी कृषि कामदार स्वरुप स्थानीय कृषकलाई दक्षिण कोरिया पठाउने र कृषिमा आधुनिकिकरण गर्दै सिप सिकाउन स्थानिय ५ सय ७० जना कृषकहरुलाई पालिकाबाट छनौट गरी पठाउने आपसी सहमति गत चैत्रमा भएको थियो । ३० देखि ५५ वर्ष उमेर समूहका महिला पुरुष दुबैलाई छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदार अब नगरपालिका पठाउने तयारी गरेकोमा परारस्ष्ट मन्त्रालयले रोकेको थियो । उक्त सम्झौताअनुसार करार अवधि पाँच महिनाको हुने र न्यूनतम् मासिक तलब २ लाख सम्म रहेको बताइएको थियो ।तर सरकारले वनाएको निर्देशीकामा मौषमी कामदारको करार अवधी एक वर्ष हुने उल्लेखछ ।
यसअघि २० जेठ, २०७९मा सरकारले स्थानीय तहले भगिनी सम्बन्ध कायम गरी विदेशमा कामदार पठाउनु कानुनी र व्यवस्थापकीय रुपमा अनुपयुक्त रहेको भन्दै यसमा रोक लगाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरको निर्णय गरी सबै स्थानीय तहमा भगिनी सम्बन्धको आधारमा विदेशमा कामदार पठाउन नमिल्ने भन्दै पत्राचार गरेको थियो ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६