भालुवाङ ११ पुस । लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज सुरु भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम स्थायी राजधानी देउखुरीबाट सञ्चालन शुरु भएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आजदेखि सचिवालयको सबै काम देउखुरीबाट शुरु भएको जानकारी दिए ।
जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा यस अघि नै पुगिसकेका थिए । लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ ।लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन तयारी अवस्थामा केहि दिन अघि नै पुगेका थिए । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।
११ पुस २०७९, सोमबार
प्रतिक्रिया