बुटवल १४ पुस। खाद्यप्रतिविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले बुटवलको औद्योगिक प्रदर्शनी तथा व्यापार मेला भित्र मँगलबार बजार अनुगमन गर्यो । अनुगमनका क्रममा मेलामा रहेको एक पसलमा गएर टोलीले जुस तयार पार्न लगाउँछन् । बनाउने सबै प्रक्रिया देखाउँदै तयार पारिएको जुस मानव स्वास्थ्यका लागि ठिक छ वा छैन मापकको रुपमा त्यहाँ उभिएका हुन्छन् प्रहरी हवल्दार कुलप्रसाद पोख्रेल । उनले तयार भएको जुस चाख्दै ‘ओके’ भनेपछि खाद्य प्रविधि तथा गुण निन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमलकुमार दाहालले ठिक छ भन्दै त्यहाँबाट अनुगमनका लागि अन्यत्र लम्किन्छन् ।
रुपन्देही उद्योग संघले यही पौष ७ गतेदेखि १९ गतेसम्मका लागि आयोजना गरेको मेलामा खाद्य सम्बन्धि स्टलहरुको अनुमगन गरिएको हो । अनुगमन गरिएका मध्ये घरेलु रुपमा तयार पारिएका खाद्य बस्तुहरुमा कमजोरीहरु फेला पारेको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा अखाद्य तथा मापदण्ड विपरीतका पदार्थ प्रयोग गरी परीकार तयार पारिएका, उत्पादन मिति तथा उपभोग गर्न मिल्ने मिति लगायतका लेबल नलगाइएका बस्तु समेत विक्रिमा राखिएको भेटिएको टोलिले जनाएको छ । लेवल स्पष्टसँग देखिने गरी नराखिएको तथा अचार लगायतका वस्तुहरु प्याकेजिङ बिनानै खुला रुपमा बिक्रि गरिएको मन्दै अनुगमत टोलीले कमजोरी देखाएको थियो ।
१४ पुस २०७९, बिहिबार
प्रतिक्रिया