अन्तर्राष्ट्रिय

एक श्रमिक परिवारका ३ जनाको निस्सासिएर मृत्यू




दाङ १८ पुस । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर मृत्यु भएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको आइतबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो ।आइतबार नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि मृत्यु भएको प्रहरीको भनाइलाई उद्धत गर्दै दैनिक भाष्करले लेखेको छ ।मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : १८ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६