खोज–अनुसन्धान

तेश्रो लिङगीले जनप्रतिनिधी र पत्रकारलाई यस्तो पीडा पोखे




पाल्पा २४ माघ ।यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (तेस्रो लिंगी) समुदायले आफूहरूले अरु नागरिकले सरह सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताएका छन् । आफूहरू पनि नौँ महिना आमाको कोखमै हुर्किएकाले अरु नागरिकसरह बाच्न पाउनुपर्ने उनीहरूको भनाई छ ।परिवार, समाज र राज्यका निकायले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिंगी समुदाय अपमानित हुनु परेको उनीहरुको भनाई छ । एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देही र ओपन सोसाइटी फाउन्डेशनले शुक्रबार तानसेनमा आयोजना गरेको स्थानीय सरकार र पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अधिकारकर्मी एवं समूहका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई राज्यले विभेद गरिरहेको बताउनुभयो ।
संविधान र कानुन अनुसार आफूहरुले पनि मर्यादित जीवन जीउन पाउनुपर्ने उहाँको भनाई छ । उहाँले स्थानीय सरकार, प्रदेश सरकारले अल्पसंख्यक समुदायको अधिकारका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।आफूहरुले संविधान अनुसार नागरिकता लिन जाँदा ‘मेडिकल जाँच गरेर पहिचानसहितको रिर्पोट लिएर आउनु भनेर फर्काइने गरेको र अनावश्यक प्रश्नको सामना गर्नुपरेको गुनासो उनीहरुको छ । एक्लोलाई साहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले आफू तेस्रो लिंगी हुनुपर्दा भोगेका समस्याका बारेमा जानकारी गराउँदै यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समुदाय घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँ लगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको अनुभव सुनाउनुभयो ।
अध्यक्ष रानाले सन्तान रुँदा आमा बुबाको मन पनि रुनुपर्ने भन्दै अभिभावक तथा बुबा आमा भनेकै स्थानीय सरकार भएकाले स्थानीय सरकारले आफूहरुलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले बजेट विनियोजन गरेर आफूहरुको माग सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले नेपालमा समलिंगी विवाहलाई कानुनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकले मानसिक समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले तेस्रो लिंगीहरुको समस्याप्रति आफू अनविज्ञ रहेकाले छलफलबाट धेरै कुराहरु सिक्न पाइएको बताउनुभयो ।
उहाँले नगर सरकारले आगामी दिनमा तेस्रोलिंगी अल्पसंख्याहरुको लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका १ का वडा अध्यक्ष सुनिल बस्याल, नेपाल परिवार नियोजन संघ पाल्पाका सहायक क्लिनिक लेखनाथ ढकाल लगायतले तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम अस्मिता राना, विनोद विसीको संचालन र अवन्ती घर्तीमगरको स्वागतमा भएको थियो ।

प्रकाशित : २४ माघ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६