ब्रेकिंग न्युज

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो



सिन्धुपाल्चोक, २४ कात्तिक

थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ । सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ । विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो । कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यो रकम र सामग्री हामी डिजिटल विद्यालय निर्माणमा खर्च गर्नेछौँ ।” अभियानलाई सहयोग गर्नुहुने अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत देउसीभैलो आयोजना गरिएको प्रधानाध्यापक राजु तामाङले बताउनुभयो । कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीकोे उपस्थिति थियो । बागमती प्रदेशको नमूना विद्यालयका रूपमा रहेको यस विद्यालयमा हाल २४ कोठा रहेका छन् । सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित २४ वटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ । अभियानको पहिलो चरणमा यस वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य विद्यालयले राखेको छ । –––

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६